सानिमा नारी बचत खातामा विशेष योजना

बुधबार, फागुन २४, २०७९

काठमाडौँ –सानिमा बैंकले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ ।

यो योजना १ चैतसम्म लागु रहनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ । 

यसका साथै ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक १७ चैत्रसम्म गरिने कारोबारमा लागु हुनेछ ।

सानिमा बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट क्लिक गरी खोल्न सकिनेछ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरू र १२३ वटा ए.टी.एम. सञ्जालहरू सञ्चालनमा छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्