नेभिगेशन
समाज विविध

विवाह गर्दा अनुमति अनिवार्य !

सुर्खेत –दैलेखको गुराँस गाउँपालिका वडा –८ ले विवाह गर्न वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने नियम बनाएको छ ।

वडाध्यक्ष दीपेन्द्र वलीका अनुसार वडा समितिको बैठकले मंगलबारदेखि लागू हुने गरेर यो निर्णय गरेको हो ।

‘वडालाई बाल विवाह निषेध गरिए पनि कार्यान्वयनमा समस्या भइरहेको छ, विवाह गर्दा नै अनुमति लिने व्यवस्थाले बाल विवाहका घटना नहुने भएकाले वडा समितिको बैठकले विवाहका लागि अनुमति लिनुपर्ने निर्णय गरेको हो,’ वडाध्यक्ष वलीले भने ।

उनले विवाह दर्ता गराउन आउँदा अनुमतिपत्रलाई अनिवार्य गरिएको बताए ।

1678245115_Dailekha-1200x5601678254048.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध