पाकिस्तानबाट ३ हजार अफगान शरणार्थी फर्किए

मंगलबार, फागुन २३, २०७९

काबुल–छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । 

मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् । 

यस्तै संख्यामा इरानमा पनि छन् । विगत ६ महिनामा २ लाख ७० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार