नेभिगेशन
समाज विविध

२ करोडको जग्गादान

सिरहा– सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले २ करोड रुपैयाँ मूल्य बराबरको २ कठ्ठा जग्गा दान गरेका छन् ।

उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान–७ स्थित टाउन प्लानिङमा रहेको जग्गा दान गरेका हुन् । 

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ ।

वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए । 

‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु,’ वडाध्यक्ष साहले भने, ‘अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’

विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर