एकतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्गको जामुने खैरेनी खण्ड 

सोमबार, फागुन २२, २०७९

दमौली– गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । 

म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । 

आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो । बिहानदेखि एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ  ।

पृथ्वी राजमार्ग विस्तारका लागि काम भइरहँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको छ । -रासस
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्