बम विष्फोटमा परेर पाकिस्तानमा २ जनाको मृत्यु, ३ घाइते

सोमबार, फागुन २२, २०७९

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

सो विष्फोट बानु जिल्लामा भएको  हो ।  विष्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिसियाका सदस्यको गाडीसँग ठोक्किदा सो दुर्घटना भएको हो ।

अज्ञात आतङ्ककारीहरूले रिमोट कन्ट्रोल यन्त्रद्वारा बम विष्फोट गराएको स्रोतले बताएको छ  । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन्।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्