छक्का पन्जा ४ काे आक्रामक कमाइ, २ दिनमै उठायो ३ करोडभन्दा बढी 

आइतबार, फागुन २१, २०७९

काठमाडौं– शुक्रबारबाट रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । 

फिल्मले २ दिनमा नै ३ करोडभन्दा बढी कमाइ गरिसकेको छ । 

उक्त फिल्मले शुक्रबारको ओपनिङमै १ करोडभन्दा माथिको आम्दानी गर्न सफल भएको फिल्मका वितरण मनोज राठीले जानकारी दिए । 

शनिबार भने उक्त फिल्मले १ करोड ७५ लाखभन्दा बढी कमाएको उनले बताए । 

छक्का पन्जाको अघिल्लो तीन श्रृङ्खलाले पनि बक्स अफिसमा आक्रामक कमाई गरेको थियो । 

दीपकराज गिरीले फिल्मको कथा तयार पारेका हुन् । फिल्ममा दीपकराज गिरीकै मुख्य भुमीका रहेको छ । उक्त फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । 

फिल्ममा दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार