नामकरण भएको खुसियालीमा कोसी प्रदेशमा आज सार्वजनिक बिदा

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– प्रदेश १ को नाम कोसी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले कोसी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । 

बुधबार बसेको प्रदेसभाको बैठकले प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्ने प्रस्ताव पारत गरेको थियो ।

कोसीको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए । त्यस्तै, विपक्षमा ४ जनाले मतदान गरे भने ६ जना अनुपस्थित थिए ।

May be an image of text

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्