चीनको आरोप– अमेरिकाले विदेशी कम्पनीलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरिरहेको छ

बुधबार, फागुन १७, २०७९

बेइजिङ– संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणाको नाममा विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरिरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित प्रेस ब्रिफिङमा मंगलबार सो टिप्पणी गरेका हुन् ।  

उनले भने, ‘ती गलत कार्यहरूको चीन दृढतापूर्वक विरोध गर्दछ ।’  

ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई सबै संघीय उपकरणहरूबाट टिकटक मेटाउन ३० दिनको समय दिएको बारेको प्रश्नमा उनको सो टिप्पणी आएको हो । जसमा अमेरिका–चीन प्रतिस्पर्धाको बीचमा अमेरिकी राष्ट्रिय सुरक्षामा चिन्ताको कारण दर्शाउँदै उठाइका विषयमा चीनको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।   

युवामाझ अत्यन्त लोकप्रिय एपसँग डराउन खोज्नु विश्वको शीर्ष महाशक्ति राष्ट्रको नीति अलिक उपयुक्त हुँदैन । यसका नाममा राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाउँदै विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गर्नु गलत हो । हामी ती गलत कार्यहरूको दृढतापूर्वक विरोध गर्छौं ।

'अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्छ, कम्पनीहरूलाई दबाउन छोड्नु पर्छ र विदेशी कम्पनीहरूको लागि खुला, निष्पक्ष र गैर(भेदभावरहित वातावरण उपलब्ध गराउनुपर्छ,' प्रवक्ता  माओले भने ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०५:४७
प्रतिक्रिया दिनुहोस्