पाकिस्तानी प्रधानमन्त्रीको उद्घोष– देश विकासका लागि अब युवालाई सक्रिय बनाइन्छ 

मंगलबार, फागुन १६, २०७९

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताएका छन् । उनले देशको विकासका क्षेत्रमा सबै युवाहरूलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि जानकारी दिए ।

पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा प्रधानमन्त्री शरिफले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।

सो सन्देशमा उनले सरकारले देशका सबै युवा बर्गलाई देश विकासको काममा सहभागी र सक्रिय बनाउने योजना बनाएको  र त्यसका लागि आवश्यक स्रोतको पनि व्यवस्था गरेको बताए ।

देशको विकासमा युवा बर्गको ठूलो योगदान पुग्न सकोस् भनेर सरकारले समावेशी प्रकृतिको युवा नीति ल्याउने र त्यसबाट उनीहरु सक्रिय र जागरुक बन्न सक्ने स्पष्ट गरे । उनले देशको ६० प्रतिशत जनसङ्ख्या युवा रहेको भन्दै यो जनशक्तिको योगदानबाट देशको विकास हुने पनि बताए ।

उनले पाकिस्तान सरकारले सन् २०२३ लाई युवा वर्षका रुपमा मनाइरहेको र यस वर्ष युवाहरुको हक अधिकारको रक्षाका लागि पनि विभिन्न कार्यक्रमहरु ल्याउने जनाए ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार