इटालीकी प्रधानमन्त्री मेलोनीले भारत भ्रमण गर्ने, मोदीसँग वार्ता
नयाँ दिल्ली– इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी प्रमुख अतिथिको रूपमा नयाँ दिल्लीमा आयोजना हुने आठौँ रायसिना संवादमा भाग लिन मार्चको पहिलो हप्तामा भारत आउने कार्यक्रम तय भएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उपप्रधानमन्त्री तथा विदेशमन्त्री एन्टोनियो ताजन र उच्चस्तरीय व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इटालीका प्रधानमन्त्रीले मार्च २ र ३ गते भारत भ्रमण गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । सन् २०१८ पछि इटलीबाट भारतमा हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।
सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मेलोनीले द्विपक्षीय विषयमा छलफल हुनेछ ।
‘भारत र इटालीले यसवर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष मनाउँदैछन् । बहुपक्षीय एवं द्विपक्षीय सम्बन्ध साझा सांस्कृतिक मूल्य, मान्यता, आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने प्रतिबद्धता र हरित ऊर्जा प्रवद्र्धनका साथै विज्ञान र प्रविधि र रक्षाका क्षेत्रमा विशेष छलफल हुनेछ,’ विज्ञप्तिमा जनाइएको छ ।