नेभिगेशन
समाज विविध

लहान नगरपालिकाको प्राथमिकतामा दलित बस्तीमा स्वच्छ पानी

गोलबजार– लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खोनपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।  गैरसरकारी संस्था ‘वाटर एड’सँगको सहकार्यमा लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबद्वारा संयुक्त रुपमा सञ्चालित योजना मार्फत खानेपानीको धारा वितरण थालिएको हो । 

सो योजनाले चालु  आर्थिक वर्षमा ती बस्तीका तीन सय ४०  घरपरिवारलाई खानेपानीका लागि सहयोग गर्ने जनाएको छ । नगरपालिकाले दुई सय ६९ लालपुर्जाविहीन घरपरिवारलाई रु तीन हजार सात सय बीस धारा जडानका लागि खानेपानी कार्यालयमा राख्नुपर्ने धरौटीका लागि रकम उपलब्ध गराउँदै आएको छ ।

‘विकन’ योजनाले धारा जडानका लागि सामग्री सहयोग गरिरहेको छ । यसैगरी खानेपानी संस्थान लहान र दलित जनकल्याण युवा क्लबद्वारा  एक सय घरधुरीमा स्वच्छ खोनपानी उपलब्ध गराउन धारा जडान गरिएको छ ।  नगरपालिकाले  नगरवासीलाई स्वच्छ खोनपानी आपूर्तिमा समस्या हुन नदिन  संस्थानसँगको सहकार्यमा प्रदिप गरी आश्रम, लहान नगरपालिकाको कार्यालय अगाडि, जेएस क्याम्पस र झण्डापार्कमा नयाँ ‘बोरिङ’ जडानलाई तीव्रता दिएको छ ।  यसका लागि नगरपालिकाले रु ४२ लाखका दरले  रकम निकासा गरेको जनाइएको छ । 

 नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन उच्च प्राथमिकता दिएको नगरप्रमुख महेश चौधरीले बताए । उनले  सबै वडामा खानेपानीको लागि धारा पुर्याउने काम जारी रहेको जानकारी दिए । पछिल्लो समय लहान–२ बुधटोल, ३ साफी टोल, ५ शान्ति टोल, ७ राजदेवी टोल, ८ तीन घरिया, १० गुदिगाउँ, १४ धनछवारका दलितबस्तीले स्वच्छ खोनपानी उपभोग गर्न पाएका छन् ।

 लहान–२ बुधटोलका गुदर विश्वकर्माले चापकलको पानीभन्दा  खनेपनी संस्थाले वितरण गरेको पानी स्वच्छ भएको बताए ।  लहान–५ का लिलम देवीराम घरमा धारा आएपछि बाहिर खुला ठाउंँमा नुहाउनुपर्ने बाध्यताबाट मुक्त भएको एललेख गरे ।  लहान–१० गुदिगाउँ का भद्रकुमारी मुगरातीले घरमा पानीको धारा आएपछि खुसीको सीमा नरहेको प्रतिक्रिया दिइन् ।

लहान –१७ का सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा जनचेतना मूलक काम जारी रहेको क्लबका कार्यकारी निर्देशक विनोद विष्णुकेले जानकारी दिए । सो योजनाले सामुदायिक विद्यालयमा बालमैत्री तथा अपाङ्गमैत्री चर्पी निर्माणमा समेत सहयोग गरेको जनाइएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध