नेभिगेशन
समाज विविध

धनुषाको राजदेवी मन्दिरमा चोरी

जनकपुरधाम –धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको छ ।

मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरिएको हो । शनिबार मध्यरातमा मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए ।

हतियारसहित आएका चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् । मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ । भिडिओमा चोरहरूले अनुहार छोपेको देखिन्छ ।

पूजारी यादवका अनुसार मूर्तिसहितका सबै समान करिब साढे ३ किलो चाँदीको थियो । मन्दिर र सीसीटीभी पनि तोडफोडका कारण क्षति भएको छ ।

यस मन्दिरबाट यसअघि ४ पटक मूर्ति चोरी भइसकेपनि प्रहरीले अहिलेसम्म कोही पनि पक्राउ गरेको छैन । पुजारी यादवले प्रहरीको कमचोरीकै कारण पटकपटक चोरी भएको आरोप लगाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध