नेभिगेशन
समाज विविध

मिथिला माध्यमिकी परिक्रमा मटिहानी पुग्यो

महोत्तरी –मिथिला माध्यमिक परिक्रमा बिहीबार बिहान महोत्तरीको मटिहानी पुगेको छ । सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीको डोलाकासाथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तन सहित सुरू भएको परिक्रमा मंगलबार सीमावर्ती भारतीय गाउँ कलानेश्वरमा र बुधबार भारतकै गीरिजास्थानमा बास बस्दै बिहीबार तेस्रो दिन विश्रामका लागि महोत्तरीको मटिहानी पुगेको हो ।
मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधि भएको सम्झना गर्दै यहाँ परिक्रमाको तेस्रो पराव रहँदै आएको छ । पिरिक्रमा यात्रीका लागि मटिहानीस्थित लक्ष्मीनारायण मठले निःशुल्क भोजन, पानी, दाउरा, बिजुली र यात्रीको बासको व्यवस्था मिलाएको मटिहानीका प्रमुख हरिप्रसाद मण्डलले बताए ।
मटिहानी पुगेको परिक्रमा यात्री सदरमुकाम जलेश्वरमा चौथो पराव, मडैमा पाँचौ, ध्रुवकुण्डमा छेठौँ र कन्चनवनमा सातौं दिनको बास बसेर आठौँ दिनको पराव पुनः धुनषा जिल्लाको पर्वतामा बस्नेछन् । त्यसपछि धनुषाधाम, औरही, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कनेछ । नेपाल  र भारत दुवै देशको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।
यस यात्राका सहयात्रीले नेपालका १०७ र  भारतको २६ गरी १३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

निकुञ्जमा गैँडा हेर्ने समय