ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ । बिहीबार बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेटमा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

भूकम्पको धक्का चीनमा पनि महसुस भएको छ ।  भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो ।

समाचार एजन्सी सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्