ललितपुरलाई हरियाली बनाउने काम भइरहेको छ : मेयर महर्जन

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली सहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् । 

बुधबार ललितपुरमा नेपाल स्काउट बाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली सहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित सहर बनाउने कुरामा लाग्ने प्रतिबद्धता जनाए । 

उनले महाकांल, बाग्मती गाउँपालिकाहरूमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरू पु¥याउन प्रतिबद्ध रहने बताए । उनले सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिएर हरियाली ललितपुरको काम सुरु गरेको जनाए ।

स्काउट प्रवर्तक लर्ड वेडेज पावेल तथा लेडी वेडेन पावेलको जन्मोत्सव एवं यु फाउन्ड थिंकिङ डेको अवसरमा नेपाल स्काउट बाग्मती प्रदेशले सो कार्यक्रम गरेको हो ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्