अमेरिकासँगको नयाँ स्टार्ट सन्धि तोड्ने राष्ट्रपति पुटिनको घोषणा 

मंगलबार, फागुन ९, २०७९

मस्को– रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट)मा आफ्नो सहभागिता तोड्ने घोषणा गरेका छन् । 

राष्ट्रपति भ्लादिमिर पुटिनले आज संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो घोषणा गरेका हुन् ।

वार्षिक सम्बोधनमा पुटिनले अमेरिकासँगको नयाँ स्टार्ट सन्धि तोड्ने घोषणालाई रूसको लागि ‘कोसेढुङ्गाको समय’ भएको बताए । उनले विश्वभर प्रतिबिम्बित हुने ‘आक्रामक, अपरिवर्तनीय परिवर्तन'ले वर्तमानमा आकार लिइरहेको बताउँदै अबको ऐतिहासिक घटनाहरूले देश र जनताको भविष्य निर्धारण हुने बताए । 

‘मैले आज घोषणा गर्न चाहन्छु कि रसियाले उत्तरी अटलांटिक गठबन्धन (नाटो)को संयुक्त स्ट्राइक क्षमतालाई बुझ्नको लागि रणनीतिक हतियार घटाउने सन्धिमा आफ्नो सहभागिता निलम्बन गरिरहेको छ । म फेरि भन्न चाहन्छु–रूस सन्धिबाट पछि हट्दैन, तर विशेष रूपमा आफ्नो सहभागिता निलम्बन गर्दछ’, पुटिनले सम्बोधनका क्रममा भने ।

रूसका राज्य प्रमुखका अनुसार अमेरिकाले नयाँ स्टार्ट सन्धीको बारेमा रूसलाई अस्वीकार्य अल्टिमेटम दिएको थियो । अमेरिकाले दिएको अल्टिमेटमलाई कडा रुपमा विरोध गर्दै राष्ट्रपति पुटिनले सन्धिमा आफ्नो सहभागिता तोड्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पुटिनले रूस छिमेकी देश युक्रेनका जनतासँग युद्धमा नरहेको स्पष्ट पारे । कीभको शासन र यसका पश्चिमी देशहरूले रुस विरुद्धको द्वन्द्वको लागि युक्रेनका जनतालाई हतियारका रूपमा प्रयोग गरिरहेकोले युद्ध गर्नुपरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्