नेभिगेशन
समाज विविध

स्वास्थ्य सेवा दिवस मनाइने

काठमाडौँ –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष स्वास्थ्य सेवा दिवस विशेष रूपमा मनाउने भएको छ । फागुन १५ गते पर्ने दिवसको अवसरमा मन्त्रालयले उत्कृष्ट चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई समेत पुरस्कार वितरण गर्नेछ ।

पुरस्कार छनोटका लागि मन्त्रालयले प्रमुख विशेषज्ञ डा. संगीता मिश्राको संयोजकत्वमा ५ जना रहेको कमिटी गठन गरेको हो । प्रदेशबाट नाम आएपछि कमिटीले पुरस्कार दिनेको नाम टुंगो लगाउनेछ ।

मन्त्रालयले यस वर्ष ‘दक्ष जनशक्ति,गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’लाई मूल नारा बनाएको छ । यस वर्ष पनि संघ, प्रदेश तथा स्थानीय तहमा विविध कार्यक्रम आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध