नेभिगेशन
समाज विविध

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै परराष्ट्र सल्लाहकारको रूपमा काम गर्दै आइरहेका सापकोटा १ फागुनदेखि औपचारिक रूपमा सल्लाहकारमा नियुक्त भएका हुन् । 

सापकोटा माओवादी नेता तथा पूर्वसभामुख अग्नि सापकोटाका छोरा समेत हुन् । उनी नेपालको परराष्ट्र नीति र छिमेकी देशबीचको सम्बन्धका विषयमा जानकार छन् ।

यस्तै प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल, मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल, प्रेस विज्ञमा मनहरि तिमल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भइसकेका छन् ।

स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मन्त्रिपरिषद्को बैठक आज बस्दै