नेभिगेशन
समाज विविध

मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौँ– सोमबार मृत्यु भएका मानवअधिकार आन्दोलनका अगुवा, वामपन्थी बुद्धिजीवी एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 

मंगलबार काठमाडौँको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरे । 

दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्रीसमेत बनेका थिए । 

मंगलबार नै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मन्त्रिपरिषद्को बैठक आज बस्दै

आज देशभरको मौसम कस्तो रहला ?