नेभिगेशन
समाज विविध

पूर्वस्वास्थमन्त्री श्रेष्ठको निधन

काठमाडौँ– पूर्वस्वास्थ्यमन्त्री तथा नेपालको जनस्वास्थ्य क्षेत्रका अधिकारकर्मी प्राडा मथुराप्रसाद श्रेष्ठका निधन भएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा निधन आज बिहान निधन भएको हो ।

लामो समयदेखि दम र छाती रोगका संक्रमणको उपचारमा रहका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

 विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए । उनका ६ छोरा र एक छोरी छन् । उनकोको मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध