‘छक्का पन्जा–४’को ट्रेलर युट्युबको एक नम्बर ट्रेन्डिङमा [ भिडियोसहित ]

शनिबार, फागुन ६, २०७९

काठमाडौँ –नेपाली चलचित्र ‘छक्का पन्जा–४’को ट्रेलर युट्युबको एक नम्बर ट्रेन्डिङमा पुगेको छ । युट्युब रिलिजको छोटो समयमै ट्रेलर एक नम्बर ट्रेन्डिङमा पुगेको हो । 

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्रको ट्रेलरले समसामयिक राजनीतिलाई व्यंग्य गरेको छ । नेपाली राजनीतिमा रहेको विकृतिका कारण युवा पुस्ताले देशै छोड्नु परिरहेको अवस्थालाई चलचित्रले व्यंग्य गरेको छ । 

चलचित्रमा दीपकराज गिरी ‘राजा’को भूमिकामा छन् । उनी गुण्डागर्दीको बलमा नेतालाई सहयोग गरिहरहेका छन् । जब उनी सुधार गृहबाट निस्किन्छन्, त्यसपछि निर्वाचनमा होमिने उनको जीवनमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । 

दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, निर्मल शर्मा, बुद्दि तामाङलगायतलाई ट्रेलरमा देखिन्छ । हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा राज आचार्य, नीर शाह, सुष्मा निरौला, मलिना जोशी, बेदना राई, लूनिभा तुलाधर, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ ।

दीपकराज गिरीको लेखन रहेको चलचित्र फागुन १९ गते रिलिज हुँदै छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्