प्रदेश १ मा चलचित्र महोत्सव हुँदै

बिहीबार, फागुन ४, २०७९

इटहरी –प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

प्रदेशमै पहिलो पटक हुन लागेको चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

महोत्सव फागुन ७ गतेदेखि सुरु भइ फागुन २१ गतेसम्म चल्ने छ ।

इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुन लागेको महोत्सवलाई आयोजकले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको रुपमा सञ्चालनमा ल्याउन लागेको छ ।

चलचित्र महोत्सवमा २ दर्जन बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा स्थानीय कला प्रवद्र्धनसँगै विधागत प्रतिष्पर्धा र उत्कृष्ट व्यक्तित्व र कलाकारका रुपमा तारा सम्मान जस्ता कार्यक्रमको आयोजना गरिने छ ।

महोत्सवमा बेहुली प्रतियोगिता, फेन्सी ड्रेस, नृत्य, निवन्ध, कुस्ती लगायतका प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना हुने छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार