सेयर बजार घट्यो, पौने २ अर्ब हाराहारी कारोबार

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– साताको चौथो दिन बुधबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक १३ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार, बिहीबार परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा कारोबार बन्द भएको छ ।

बुधबार ०.६६ प्रतिशतले घटेको सेयर बजारमा ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ७३ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार १४.६० अंकले घटेको सेयर बजार बुधबार पनि घटेको हो । आजको कारोबारमा १७६ कम्पनीका सेयर मूल्य घटेको छ भने ३७ कम्पनीकाे सेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि युनिलिभर नेपाल लिमिटेड, बाराही हाइड्रोपावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीले भने नाफा कमाएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्