Nic Ad Nic Ad
Nic Ad Nic Ad

समा थापा लेख्छिन्– अराजकता यो देशमा वैध छ

सोमबार, फागुन १, २०७९

आज अफिसबाट घर फर्कदै गर्दा बाटोमा अराजकताको क्रुर नमुना देखियो । ट्राफिक नियमबिरुद्ध यातायात व्यवसायीको बिरोध भन्दै ठाउँ-ठाउँमा गाडी तेर्साएर अवरोध थियो । 

samridhi jewllers

बिरामी बोकेका एम्बुलेन्स, वृद्धवृद्धा, एयरपोर्ट जान लागेका यात्री सुटकेस घिसार्दै असिन-पसिन थिए । अराजकता यो देशमा वैध छ । महाराजगन्ज प्रहरी वृत्तको छेउमै व्यवसायीको अवरोध थियो । अरुबेला १ ईन्च लेन मिचिए चिट काट्न बुर्कुसी मार्ने ट्राफिकको मौनताले बताउँछ यिनिहरु नियम सुधारभन्दा नियम मिचे खुसि हुन्छन् किनकि रसिद काट्न पाइन्छ। 

ट्राफिक नियम नमान्ने भन्दै हुलदंगामा उत्रिएका व्यवसायीले हामीले गाँस काटेर तिरेको करबाट किनिएको प्रहरीको गाडी जलाए । यति गर्दा तिनको मन प‍ोल्दैन किनकि यो देशमा जो बढी अराजक उही शक्तिशाली भन्ने मानक बनिसकेको छ ।

गाडी ,मानिस, मन्दिर, सडक बालेर सत्तामा पुगिने देशमा सायद अब यति अराजकता अनुमोदित भइसक्यो । यहाँ हरेकले जहाँबाट पायो त्यहि बिन्दुबाट देशलाई भद्रगोल बनाउँछ किनकि शालिनता र नियम कानुन हामी जस्ता रैतीले मात्र मान्ने हो बलिया र ठूलाले ध्वस्त पार्ने हो ।

सोच्नुस् त यो भिड छिचोल्न नसकेर बेलैमा अस्पताल जान नपाएर मृत्युवरण गर्ने तपाई हाम्रो कोहि आफ्ना भएको भए ? रक्तस्रावका कारण तपाईं हाम्रो दिदिबहिनीले ज्यान गुमाएको भए ? नेतालाई आदर्श सिकाएर नथाक्ने यो समाज नेता भन्दा धेरै अराजक भइसक्यो। 

नेतालाई त प्रश्न गर्न सकिन्छ, चुनावमा दण्डित गर्न सकिन्छ यिनको वर्वरता त बिना कारण यसै सहि दिनुपर्ने ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २१:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार