बालाजुमा प्रहरीका दुई गाडी र अस्थायी प्रहरी विट जलाइयो [तस्बिर कथा]

नयाँ बसपार्क क्षेत्र प्रहरी नियन्त्रणमा, अवस्था सामान्य बन्दै
सोमबार, फागुन १, २०७९

काठमाडौँ– काठमाडौँको नयाँ बसपार्क क्षेत्र प्रहरीको  नियन्त्रणमा आएपछि अवस्था सामान्य बनेको छ ।

सोमबार ट्राफिक जरिवाना बढाएको विरोधमा यातायात मजदुरहरुले आन्दोलनमा नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुर र प्रहरीबिच झडप भएपछि स्थिति तनाबग्रस्त बनेको थियो ।

अहिले उक्त क्षेत्रमा सशस्त्र प्रहरी एसपिको कमान्डमा भ्यालिका ४ गण र १ गुल्मबाट २ सय ६५ सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।

balaju strike 61676300231.jpg

यसअघि आन्दोलनकारीले सो क्षेत्रको यातायात आवागमन ठप्प पारेका थिए ।  झडपको क्रममा आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिट जलाइदिएका छन् । साथै, उनीहरुले प्रहरीको २ वटा गाडीमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

balaju strike181676301048.jpg

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा अपरिचित समुहले आक्रमण गरेको भन्दै यातायात मजदुरहरु आन्दोलित भएका थिए । उनीहरुले काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात चल्न नदिने घोषणा गरेका छन् । 

ट्राफिक जरिवाना बढाएको विरोधमा यातायात मजदुरहरु आन्दोलित हुँदै आएका थिए ।

balaju strike 41676300230.jpg

 

balaju strike 31676300230.jpg

balaju strike101676301104.jpg

balaju strike91676301104.jpg

balaju strike71676301104.jpg

balaju strike 81676301104.jpg

balaju strike161676301105.jpg

balaju strike151676301105.jpg

balaju strike131676301105.jpg

balaju strike111676301105.jpg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २०:४५
प्रतिक्रिया दिनुहोस्