सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीलाई 

बुधबार, पुस ११, २०८०

आजको तस्बिर– चितवनको सौराहामा आयोजना गरिएको सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जित्न सफल भएको छ ।

१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो ।

Sundari-compititation_chitwan_rssphoto3-1703691321.jpgचितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा सहभागी हात्तीहरु । उक्त प्रतियोगितामा सात वटा हात्तीले सहभागिता जनाएको छ । तस्विरः कृष्ण आचार्य/रासस

 

Sundari-compititation_chitwan_rssphoto1-1703691321.jpgचितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा सहभागी हात्तीको सरसफाई र शारीरिक वनावट हेर्दै निर्णायक सदस्य । तस्बिरः कृष्ण आचार्य/रासस

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्