तस्बिरहरु : रारा राष्ट्रिय निकुन्ज

जाडो छल्न रारा आइपुगे पाहुना चरा [तस्बिरसहित]

मंगलबार, माघ ९, २०८०

मुगु– चिसो छल्न रारा राष्ट्रिय निकुन्ज आएका पाहुना चराहरुको गणना गरिएको छ ।

निकुन्ज कार्यालय मुगुले नेपाल कै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराहरुको गणना सोमबार सम्पन्न गरेकाे हाे ।

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal16-1706016506.jpg

निकुन्जले ४ वटा समूह बनाएर निकुन्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानियहरुको सहयोगमा पाहुना चराहरुको गणना गरिएको रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुका संरक्षण अधिकृत राजु घिमिरेले बताए । 

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal6-1706016516.jpg

संरक्षण अधिकृत घिमिरेका अनुसार साइवेरिया, मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) १७८, टुप्टेड डक (कालिजुरे हाँस) ८१, खोया हाँस ३, हरियो टाउके हाँस १, सुनजुरे हाँस ११७ र सिउरी डुबुल्के हाँस १२ गरि कुल ३९२ पाहुना चरा रारा आएका छन् । जसमध्ये सबैभन्दा धेरै पाँच प्रजातीका ५ सय ९२ चरा भेटिएका निकुञ्ज कार्यालयले जनाएको छ ।

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal15-1706016514.jpg

चिसो छ्ल्न सयौ चराहरु कयौ माइलको यात्रा गर्दै रारा आउने क्रममा कयौ चराको समुहबाट छुटेर, बाटो विराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको घिमिरेले बताए । उनका अनुसार पुस/माघ महिनामा रारामा आइपुगेका पाहुना चराहरु  ४/५ महिनाको बसाइपछि आफ्नै वासस्थान फर्किन्छन ।

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal12-1706016513.jpg

निकुन्जका अनुसार रारा वरपर २७२ प्रजातिका चराहरु पाइने एकिन गरिएको छ । जसमध्ये ४९ प्रजाती चराहरु पानी चरा रहेका छन् ।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरु रारा आउने गरेका हुन् । पाहुना चराहरु निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुट,मिलि थिर लगायतका चरा प्रशस्त देख्न सकिन्छ ।

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal14-1706016510.jpg

तालमा मिसिएका स–साना  पानीका कुलाहरुमा  पनि यी चराहरु उक्लिने गरेका छन् ।  चराहरु राति बास बस्न ताल नजिकका ढुङ्गेओढार, रूखमा आउने गरेका छन् । 

मंसिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठुला–साना चराचुरिङ्गी देखिने रारा घुम्ने  प्रर्यटक बताउँछन् ।

 

 

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal8-1706016504.jpg

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal7-1706016504.jpg

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal1-1706016502.jpg

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal2-1706016502.jpg

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal5-1706016502.jpg

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal3-1706016502.jpg

guest-bird-in-Rara-lake-in-Nepal_cnnepal4-1706016371.jpg

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्