यातायात मजदुरले जलाइदिए माछापोखरीको अस्थायी प्रहरी बिट

सोमबार, फागुन १, २०७९

काठमाडौं- आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिट जलाइदिएका छन् । 

मजदुरहरुले केहीबेर अघि गोगंबुमा प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामकरुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा अपरिचित समुहले आक्रमण गरेको भन्दै यातायात मजदुरहरु आन्दोलित भएका थिए । 

उनीहरुले फागुन ३ गतेबाट काठमाडौंमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलन गर्न लागेको जानकारी गराउन कार्यक्रम आयोजना गरेका थिए । 

ट्राफिक जरिवाना बढाएको विरोधमा यातायात मजदुरहरु आन्दोलित हुँदै आएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्