नेभिगेशन
मनोरञ्जन

‘जन्ते बाख्रो’को प्रिमियर हेरेपछि सेलिब्रेटीको प्रतिक्रिया (तस्बिरसहित)

काठमाडौं- जेठ २३ गते भोली शुक्रबारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

491217683_733534609346266_7470365473343309555_n-1749107141.jpg
 

बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमा हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् ।

495263960_722282730265642_1619500164756799984_n-1749107141.jpg
 

उनले भनिन्,’म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्म भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’

494856690_672664575768095_2464651026386442183_n-1749107138.jpg
 

वर्षाका श्रीमान समेत रहेका अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परासँगै सिनेमाले मनोरञ्जन दिने बताए । उनले अभिनेता शाहको ग्रामिण परिवेशसँगै सिनेमामा कैद भएका सुन्दर दृश्यको तारिफ गरे । ‘तपाइँलाई ट्रेलरले आकर्षित गरेको छ भने सिनेमा हेर्न आउनुस्, इन्जोय गर्नुहुने छ । ग्रामिण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ,’ संजोगले भने ।

494867803_1614523449241845_1006992357861549357_n-1749107137.jpg
 

अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले सिनेमा निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । सिनेमा हेरेर निस्किँदा पत्कथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे ।

‘मलाई सिनेमा बन्दा मैले सुनेको पटकथा कस्तो होला भन्ने लागेको थियो । रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु । सिनेमा हेरिरहदा हामी प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ । यो सिनेमामार्फत एउटा राम्रो निर्माता सनतोष गौतमको आगमन भएको छ । उहाँले सिनेमालाई राम्रो बनाउन कहिँ कतै कन्जुस्याइँ गर्नुभएको छैन,’ उनले भने ।

494862902_1764653687809609_6351916524568602542_n-1749107140.jpg
 

गायक महेश काफ्लेले सिनेमाले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए । ‘यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले इन्जोय गरे,’ गायक काफ्लेले भने ।

सिनेमाको प्रिमियर शोमा निम्तालु सिनेकर्मी र सञ्चारकर्मीको ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन ।

‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहिँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु,’ उनले भनिन् ।

पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन । ‘पहिलोपटक सिनेकोको कथा नै बोकेको पात्रलाई निर्वाह गरेकी छु । सिनेमा मैले निर्वाह गरेको सम्झना पात्रकै वरिपरी घुम्छ,’ उनले भनिन् ।

अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए । उनले सिनेमा पूर्ण पारिवारिक र मनोरञ्जनात्मक भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे । लामोसमयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा सिनेमा इन्जोय गरेको प्रतिक्रिया दिए ।

प्रिमियर पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले गाउँको सेटअपमा पहिलोपटक काम गरेकाले नयाँ अनुभव संगालेको बताए । ‘यो पारिवारिक सिनेमा हो, यसमा हासो छ, रोदन छ, यो एउटा पूर्ण सिनेमा हो । सबै मिश्रण गरिएको छ । आज हामीले पाएको प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ, यस्तै प्रतिक्रिया शुक्रबारदेखि दर्शकबाट पाउनेमा आशावादी छु,’ उनले भने ।

अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छु,’ उनले भने ।

निर्माता सन्तोष गौतमले आफूले निर्माताको रुपमा सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले सिनेमा हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर सिनेमा तयार भएको बताए । उनी दर्शकले सिनेमा रुचाउनेमा विश्वस्त छन् । जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने सिनेमाको अग्रिम टिकट बुकिङ र खरिद खुला भईसकेको छ । प्रदर्शकले प्रचार समाग्रीको आधारमा यसलाई राम्रो शो दिएका छन् ।

495264005_10006749179444895_5646061025576859486_n-1749107140.jpg
 

गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

494856898_1901500690604944_2800447959873046029_n-1749107136.jpg
 

सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

495267919_1753528515236047_6662857245117707360_n-1749107042.jpg
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

494861693_660443826949877_5478167193888782008_n-1749107119.jpg
495046596_1815463878998811_5339939451802938821_n-1749107138.jpg
495048440_1449937073115337_2926792866210466852_n-1749107137.jpg
 

 

प्रतिक्रिया दिनुहोस्