काठमाडौँमा अनिश्चितकालीन सार्वजनिक यातायात चल्न नदिने घोषणा

सोमबार, फागुन १, २०७९

काठमाडौं– आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबारदेखि अनिश्चितकालीन सार्वजनिक यातायात चल्न नदिने घोषणा गरेका छन् ।

आन्दोलनका कार्यक्रम घोषणा गर्न नयाँ बसपार्कमा भेला भएका मजदुरहरुलाई अपरिचित समूहले आक्रमण गरेको विरोधमा भोलिबाटै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्न नदिने घोषणा गरेको  यातायात मजदुर संगठनले बताएको छ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात चल्न नदिन आह्वान गरेको हो ।

उनीहरुले ट्राफिक जरिवाना बढाएको विरोधमा फागुन ३ गतेबाट सार्वजनिक यातायात बन्द गर्ने तयारी गरेका थिए । 
काठमाडौं उपत्यकाबाहिरको हकमा अहिले कुनै निर्णय नभएको उनीहरुले बताएका छन् । 

आज नयाँ बसपार्क क्षेत्रमा भएकाे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपसमेत भएको छ । प्रहरीको २ वटा गाडीमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

yatayat11676292742.jpg

yatayat21676292742.jpg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्