शहीदको सम्झनामा... [फोटोफिचर]

मंगलबार, माघ १६, २०८०

काठमाडौं - आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ । 

शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो ।

सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले शहीदलाई सम्झिंदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्