देशभर साकेलाको सौन्दर्य... [तस्बिरहरु]

मंगलबार, पुस १०, २०८०

आजको तस्बिर– किरात राई जातिमा मौसम अनुसार प्रकृति र पितृको पूजा गरिन्छ । उनीहरुको जीवनमा साकेला संस्कृतिको विशेष प्रभाव र महत्व छ । साकेला किरात राईको महान् चाड अर्थात् अवसर हो । एक वर्षमा साकेला दुईपटक पर्छ । मंसिरमा मनाइने उधौली साकेला हो भने, वैशाखमा मनाइने उभौली साकेला । 

हेरौँ आज देशभरकाे साकेला सौन्दर्य

sakela-2023_rai-culture_rssphoto4-1703601523.JPGताप्लेजुङको सदमुकाम फुङ्लिङमा चासोक तङ्नामको अवसरमा मङ्गलबार च्याब्रुङ नाच प्रदर्शन गर्दै लिम्बू समुदायका कलाकार । चासोक तङ्नाम लिम्बू समुदायको विशेष पर्व हो । तस्बिर : दिलकुमार लिम्बू/रासस

 

sakela-2023_rai-culture_rssphoto6-1703601868.jpgझापाको कमल गाउँपालिका–५ गेउरियास्थित आदिवासी रङ्गशालामा मङ्गलबार किरात याक्थुङ चुम्लुङ दमक र कमलले संयुक्त रुपमा आयोजना गरेको चासोक तङनाम (न्वागी पूजा ) कार्यक्रममा च्याबु्रङ नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः यज्ञराज आङदेम्बे/रासस

 

sakela-2023_rai-culture_rssphoto2-1703601522.jpgउधौली पर्वका अवसरमा मङ्गलबार इलाम बजारस्थित शाकेला थानमा शाकेला नृत्यमा रमाउँदै किरात समुदायका युवा । तस्बिरः टिकाप्रसाद खतिवडा/रासस

 

sakela-2023_rai-culture_rssphoto-1703601522.jpgउधौली पर्वका अवसरमा मङ्गलबार इलाम बजारस्थित शाकेला थानमा शाकेला नृत्यमा रमाउँदै किरात समुदायका युवा । तस्बिरः टिकाप्रसाद खतिवडा/रासस

 

sakela-2023_rai-culture_rssphoto5-1703601523.jpgउधौली पर्वको अवसमा इलाम नगरपालिका-१० स्थित माईखोला किनारमा सामूहिक पूजा गर्दै लिम्बू समुदायहरु । मङ्गलबार किरात याक्थुङ चुम्लुङको आयोजनामा लिम्बू समुदायले चासोक तङनाम (न्वागी पूजा) को नामले उधौली पर्व मनाएका छन् । तस्बिर : रामकुमार लिम्बू/रासस, फिक्कल (इलाम)

 

sakela-2023_rai-culture_rssphoto8-1703601970.jpgकिरात राईहरुको पर्व उधौली साकेलाको अवसरमा मङ्गलबार धरान उपमहानगरपालिका-१७ स्थित साकेला पार्कमा साकेला सिली नाच्दै ।  तस्बिर : संगीता राई (स्वर्णिम) / रासस

 

sakela-2023_rai-culture_rssphoto7-1703601970.jpgकिरात राईहरुको पर्व उधौली साकेलाको अवसरमा मङ्गलबार धरान उपमहानगरपालिका-१७ स्थित साकेला पार्कमा साकेला सिली नाच्दै ।  तस्बिर : संगीता राई (स्वर्णिम) / रासस

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्