च्यासलमा एमाले सचिवालय बैठक जारी

बिहीबार, माघ २६, २०७९

ललितपुर –एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

बैठकमा सुदूरपश्चिम सरकारले लिने विश्वासको मत र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा छलफल भइरहेको छ ।

पुस २७ गते सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल संकटमा परेपछि एमालेले उनलाई जोगाउने उपाय खोजिरहेको छ ।

रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति असन्तुष्ट भएर विश्वासको मत नदिने पक्षमा उभिएको छ । जसका कारण बिहीबासम्म सरकारले विश्वासको मत नपाए रावल सरकार ढल्नेछ ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बिहीबार नै बस्दैछ । 

बैठकको एजेन्डाबारे पनि एमाले बैठकमा छलफल भइरहेको छ ।

त्यसैगरी आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनबारे रणनीतिका विषयमा पनि बैठकमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्