लमजुङमा ३.९ म्यग्निच्युडको भूकम्पको धक्का 

बुधबार, माघ २५, २०७९

काठमाडौँ– बुधबार विहान लमजुङमा भूकम्पको धक्का महसुर भएको छ । बुधबार विहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९  म्याग्निच्युडको भूकम्प गएको हो । लमजुङ सदरमुकाम बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

भूकम्पले लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएरको थियो ।  यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्