कांग्रेस नेता घलेको निधन

मंगलबार, माघ २४, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका नेता कर्मा घलेको निधन भएको छ ।

महासमिति सदस्यसमेत रहेका पूर्वसांसद घलेको ५९ वर्षको उमेरमा मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति निकालेर घलेको निधनले कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

घलेले कोभिड–१९ को महामारीका बेला नेपाल सरकारलाई करिब सवा करोड बराबरको सेनिटाइजरसमेत सहयोग गरेको प्रमुख सचेतक लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मनाङका घले २०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।


 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्