सत्ता विपक्षी दलहरूकाे बैठक आज पनि बस्ने 

आइतबार, माघ २२, २०७९

काठमाडाैँ – सत्ता विपक्षी दलकाे बैठक आज पनि बस्ने भएकाे छ । नेपाली कांग्रेसकाे संसदीय दलकाे कार्यालय सिंहदरबारमा आज पुनः बैठक बस्ने भएकाे छ । 

शनिबार बसेकाे बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि आज पुनः छलफल हुने गरी बैठक टुङ्गिएकाे थियाे । 

शनिवारबसेको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष निकाल्नका लागि आज बैठक पुनः बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन ।

सरकारमा नभएका नेपाली कांग्रेस, नेकपा एस, जसपालगायतका दलहरूले साझा उम्मेदवार उठाउने तयारी गरेकाे बुझिएकाे छ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्