तराईका अधिकांश स्थानमा हुस्सु र कुहिराे, दिउसाे आंशिक बदली हुने
आइतबार, माघ २२, २०७९
काठमाडाैँ – हाल तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ।
प्रदेश १ को उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातसमेत हुने सम्भावना रहेकाे र बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ। तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ ०७:३३
प्रतिक्रिया दिनुहोस्