भारतमा भागदौडमा परी ४ महिलाको मृत्यु

आइतबार, माघ २२, २०७९

काठमाडाैँ – भारतको दक्षिणी राज्य तमिलनाडुमा शनिबार १ उत्सवमा भागदौड मच्चिँदा कम्तीमा ४ महिलाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ८ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । 

तमिलनाडु राज्यको तिरुपतुर जिल्लामा भएको भागदौडमा घाइते भएका सबै जनालाई उपचार स्थानीय अस्पतालमा भइरहेकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भागदौड मच्चिँएकाे ठाउँमा लत्ताकपडा वितरणको अपेक्षा गरेर करिब ६ सयदेखि ७ सय मानिस घटनास्थलमा भेला भएका थिए । 

प्रशासनबाट पूर्वअनुमति नलिई उक्त मेला सञ्चालन गरिएको थियो । भारतमा धार्मिक तथा सांस्कृतिक महोत्सवमा हुने भीड र भीडलाई व्यवस्थापन गर्ने संयन्त्रको कमजोरीका कारण भागदौड मच्चिने र यस्ता भागदौड तथा झडपमा हरेक वर्ष धेरै नागरिकहरूले ज्यान गुमाउने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्