काठमाडौँको पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला

शनिबार, माघ २१, २०७९

काठमाडौँ– काठमाडौँको पुरानो बानेश्वरमा बाबु–छोरी मृतावस्थामा फेला परेका छन् । 

शनिबार साँझ पुरानो बानेश्वरस्थित एक घरको कोठामा ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी मृतावस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार रामेछापको खाँडादेवी स्थायी घर भई टंकप्रसाद मार्गमा बस्दै आएका मृतक भण्डारी राजधानीमा फार्मेसी सञ्चालन गर्दै आएका थिए । प्रहरीले दिएको जानकारी अनुसार छोरीको घाँटी रेटेको र भण्डारी पासो लगाएको अवस्थामा भेटिएको छ ।  

भण्डारीले नै छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्