पाल्पामा दुर्घटना आमा छाेराकाे मृत्यु

शनिबार, माघ २१, २०७९

काठमाडाैँ – पाल्पामा सवारी दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे छ । 

तानसेन-दर्लमडाँडाकाे भित्री सडकमा ट्याक्टरले स्कुटरलार्इ ठक्कर दिँदा आमा छाेराकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

पाल्पा प्रहरीका अनुसार ज्यान गुमाउनेमा तानसेन नगरपालिका –१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र उनकी आमा ३९ वर्षीय मिना थापा रहेका छन् । 

पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो । 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्