Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारलाई रन्जिता चौधरीले भनिन्– हाम्रो समर्थन चाहिदैन ?

बिहीबार, माघ १९, २०७९

काठमाडौँ –नागरिक उन्मुक्ति पार्टीले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

पार्टीका सांसद अरुणकुमार चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरे लगतै अध्यक्ष रन्जिता चौधरीले सरकार छाड्ने संकेत गरेकी हुन् । अध्यक्ष चौधरीले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै कैलाली क्षेत्र –२ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएको विरोध गरेकी छन् । 

‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो । तर उनले कैद भुक्तान नगरेर फरार थिए ।

अध्यक्ष चौधरीका पती रेशम चौधरी टीकापुर घटनाका विषयमा कारागारमा छन् । उनको रिहाइ गर्नु पर्ने शर्त पार्टीले राखेको छ । पार्टीले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पनि मन्त्रिपरिषद्मा सहभागि भएको छैन ।

ranjita1675338988.JPG

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्