यस्तो छ आजको मौसम पूर्वानुमान
बिहीबार, माघ १९, २०७९
काठमाडौँ – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भूभागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका केही भूभागहरूमा हल्का हुस्सु लागेको छ ।
आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका भू्भागहरुमा विहानीपख लागेको हुस्सु÷कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ ०६:२९
प्रतिक्रिया दिनुहोस्