अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

मंगलबार, माघ १०, २०७९

क्यानबेरा–अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मङ्गलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

मङ्गलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरे । जारी सङ्कटमा सङ्घीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो ।

उत्तरी क्षेत्र एनटी  प्रहरीको तथ्याङ्क अनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ।

आदिवासी समुदाय र कानून प्रवर्तन एनटी  सरकारका प्रतिनिधिहरूसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताएका छन् ।

सोमबार र मङ्गलबार ‘टेकवे’ अल्कोहल–मुक्त दिनहरू हुनेछन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ बजेदेखि ७ बजे बीचको अवधिमा मात्र हुनेछ ।

मदिराजन्य  हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्याहरू हुन् र तिनीहरूलाई पूर्ण समाधान चाहिएको र त्यसका लागि विभिन्न तहका सरकारहरू मिलेर काम गर्न आवश्यक रहेको अल्बानीजले पत्रकारहरूलाई बताएका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्