चीनद्वारा शीतलहरको चेतावनी जारी

सोमबार, माघ ९, २०७९

चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका अधिकांश मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम घट्ने र आँधी आउने पूर्वानुमान गर्दै  सम्भावित शीतलहर आउँने भन्दै चेतावनी जारी गरेको छ।

 

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार सोमबार बिहानदेखि बुधबार बिहानसम्म, उत्तरपूर्वी चीनका केही भागहरू, याङ्त्जे नदीको दक्षिणी क्षेत्रहरू र दक्षिण चीनको तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।

 

जिलिनका केही भागहरूमा तापमान १६ डिग्री सेल्सियसभन्दा बढीले घट्न सक्ने पनि अनुमान गरिएको छ । केन्द्रले शीतलहरले कृषिमा पर्ने असरबारे सचेत गराउँदै तापक्रम परिवर्तन र हावा(हुरीबाट सावधानी अपनाउँन सर्वसाधारणलाई सुझाव दिएको छ । चीनले चार थरिको रङ्ग(कोड गरिएको मौसम चेतावनी प्रणाली प्रयोग गर्ने गरेको छ ।  

 

रातोले सबैभन्दा गम्भीर मौसमको प्रतिनिधित्व गर्दछ र त्यसपछि  क्रमशः सुन्तला, पहेंलो र नीलो रङले। एजेन्सी

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्