गण्डकी एमाले संसदीय दलका नेतामा अधिकारी, मुख्यमन्त्रीमा दाबी

सांसदले सपथ लिएपछि अधिकारीले सरकार दाबी गर्ने
आइतबार, पुस १०, २०७९

पोखरा– नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मतले चुनिएका छन्। 

 

संसदीय दलको आइतबार पोखरामा बसेको बैठकले अधिकारीलाई सर्वसम्मत दल नेता चुनेका हुन्। उनी  सांसद लिलाबहादुर थापा प्रस्तावक र रोशन गाहा मगर समर्थकमा संसदीय दलका नेतामा चुनिएका हुन् ।

 

सांसद थापाले दिएको जानकारी अनुसार  दलका अन्य उपनेता, प्रमुख सचेतक र सचेतक चुनिन बाँकी नै रहेको छ । उनले आगामी बैठकले बाँकी पदाधिकारी सर्वसम्मतले  चुनिने बताए। 

 

एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी दलका नेता चुनिएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय दलका नेता चुनिएसँगै अधिकारीले अब सरकार दाबी गर्ने बताइएको छ । प्रदेशमा सरकार गठन गर्न सांसदले सपथ लिएपछि प्रदेश प्रमुखले समय दिनेछन्। त्यसपछि अधिकारीले सरकार दाबी गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्