नेभिगेशन
मनोरञ्जन

‘कालो केशमा रेलिमई’ को ‘फिमेल भर्सन’ मा म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– कालो केशमा रेलिमई गीतको अत्याधिक सफलतासँगै अब फिमेल भर्सन वा महिलाको स्वरसहितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  केन्द्र मोसन पिक्चर्सको निर्माणमा बनेको उक्त गीत र म्युजिक भिडियो शनिबार जमलस्थित विश्वज्योती फिल्म हलमा सार्वजनिक गरिएको हो ।

 

एक वर्ष अघि बजारमा निकै चर्चा बटुल्न सफल कालोकेशमा रेलिमईको सर्जक तथा लेखन गायक दिनेश ढकालले गरेका थिए । उनको पहिलो सांगितिक कोशेलीसहित सर्वाधिक रुचाईको कालोकेशमा रेलिमई गीतको फिमेल भर्सनमा गायिका सुनिता थेगिमनले स्वर दिएकी छन् भने म्युजिक भिडियोमा मिरुना मगरको भूमिका मूख्य छ । 

 

मिरुनासँगै घनश्याम घलेले उनीसँग स्क्रिन सेयर गरेका छन् । उनीहरु दुवैजनाको लुकेको प्रेम सम्वन्ध र समयसापेक्ष जनजीवनलाई देखाउन खोजिएको छ । राजेश पुमा राईको भिडियो निर्देशनमा निर्मित उक्त गीतका सिर्जनाकार तथा गायक दिनेश ढकालले कालोकेशमा रेलिमईको फिमेल भर्सनमा पनि निकै मेहनतका साथ काम गरेको बताए । उनले मिरुना मगरेको अनिभयको तारिफ समेत गरे ।

 

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मेरुना मगर र दिनेश ढकालले सँगै गीत गुन्गुनाएका थिए । उक्त म्युजिक भिडियो उत्सव दाहालले सम्पादन गरेका छन् भने उत्सव दाहालले भिडियो छायांकन गरेका छन् । अडियो प्रडक्सन र मिक्सिङको काम भने रिकेश गुरुङले गरेको छन् ।

 

यसअघि दिनेश ढकालले स्वर दिएको ओरिजिनल गीत कालोकेशमा रेलिमई आर्टमान्डुको सहकार्यमा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको थियो । उक्त गीत सर्वाधिक हिट भएको थियो भने त्यसको सिक्वेलमा कालोकेशमा रेलिमई–२ गीत वा कालीगंगा तिर गीत पनि यसअघि नै सार्वजनिक भइसकेको छ ।

हेर्नुस, म्युजिक भिडियो.....

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा