Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाअभियोग प्रस्ताव निष्क्रिय, चोलेन्द्रले गरे सर्वोच्च फर्कने तयारी

बुधबार, मंसिर २१, २०७९

काठमाडौं । संसदमा प्रस्ताव भएको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय छ । संसदले उनीविरुद्धको महाअभियोगको प्रस्ताव निष्क्रिय भएको भन्दै पत्र दिएको छ । 

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन्। यससँगै जबराको निलम्बन हटेको छ। उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन्।

यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निष्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने तयारी गरेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्