नेभिगेशन
समाचार

बागमतीमा कसैलाई पुगेन बहुमत

समानुपातिकतर्फ कुन दललाई कति सिट?

हेटौडा–निर्वाचन आयोगले बाग्मती प्रदेशमा समानुपातिकतर्फ दलहरूले पाउने सिट बाँडफाँड गरेको छ । आयोगले प्रदेशतर्फ १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूले पाउने सिट सङ्ख्या टुंगो लगाएको हो ।


बाग्मतीमा प्रत्यक्ष सिट जितेका ७ राजनीतिक दलले नै समानुपातिकबाट सिट थपेका छन् । आयोगको बाँडफाँड अनुसार प्रत्यक्षमा तेस्रो बनेको एमालेले समानुपातिकमा सबैभन्दा बढी सिट पाएको छ । उसले समानुपातिकमा १४ सिट जितेको छ ।


प्रत्यक्षमा पहिलो बनेको कांग्रेसले समानुपातिकमा दोस्रो बढी १२ सिट हात पारेको छ । माओवादी केन्द्रले ७, राप्रपाले ६, नेकपा (एकीकृत समाजवादी)ले २, नेपाल मजदुर किसान पार्टीले २ र हाम्रो नेपाली पार्टीले १ सिट जितेका छन् । 


बाग्मतीमा १९ लाख ३७ हजार १८ सदर मत गणना भएको थियो । जसअनुसार एमालेले ५ लाख ९४ हजार ५२१ मत पाएको छ । कांग्रेसले ४ लाख ९४ हजार २ सय ६१ मत पाउँदा माओवादीले २ लाख ८५ हजार २७६ मत ल्याएको छ । त्यस्तै राप्रपाले २ लाख ७५ हजार ५६२, नेमकिपाले ६८ हजार ७९६ , एकीकृत समाजवादीले ६८ हजार १०१ र हाम्रो नेपाली पार्टीले ४७ हजार ८८३ मत प्राप्त गरेको छ ।


समानुपातिकसँगै कांग्रेस बाग्मती प्रदेशको ३७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । उसले प्रत्यक्षमा २५ सिट जितेको छ । दोस्रो दल बनेको एमालेको २७ सिट पुगेको छ । एमालेले प्रत्यक्षतर्फ १३ सिटमा जित हासिल गरेको छ । प्रत्यक्षमा १४ स्थानमा जितेको माओवादी २१ सिटसहित तेस्रो पार्टी बनेको छ ।


प्रत्यक्ष र समानुपातिकसहित राप्रपा १३, समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीले सिट सङ्ख्या २ पु¥याएका छन् । प्रत्यक्ष र समानुपातिक जोड्दा पनि बाग्मतीमा एउटै दलले बहुमत पु¥याउन सकेको छैन । यहाँ एकल सरकार गठनको सम्भावना पनि छैन । मिलीजुली सरकार बनाउन दलहरू बाध्य भएका छन् ।


कांग्रेस–माओवादी–समाजवादी गठबन्धनको भने स्पष्ट बहुमत पुगेको छ । उनीहरूको पक्षमा ६५ सिट छ । कुल १ सय १० सदस्यीय बाग्मती प्रदेशमा ५६ सिट बहुमत सङ्ख्या हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार