जाडो याममा किन हुदैँछ विश्वकप फुटबल ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । कतारमा आयोजना हुने २२ औं फिफा विश्वकपको उद्घाटन आइतबार भव्य कार्यक्रमका बीच हुँदैछ । विश्वकप फुटबलको सबै तयारी कतारले गरिसकेको छ ।

 


विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छानिएका छन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिलदेखि ६१ औ वरीयतामा रहेको घानासम्म छ । विश्वकपमा छनोट भएका मध्ये घाना सबैभन्दा तल्लो वरीयताको टोली हो ।

 


कतार विश्वकप खेल्ने टिमको वरियता शीर्ष ६१ भित्रको रहेको छ । शीर्ष दश वरीयता भित्र रहेका मध्ये इटली भने यस पटक छनोट हुन सकेको छैन ।

 


प्रायः जसो जुन अथवा जुलाई महिनामा विश्वकप हुने गर्दछ । तर यी महिनामा कतारको औसत तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने गर्दछ । यस्तो खतरनाक गर्मीमा खेलाडीहरुका लागि लगातार ९० मिनेट खेल्ने कुरा सोच्न समेत सकिदैन् । 

 


बोलपत्र प्रक्रियाका क्रममा कतारले एडभान्स्ड एयर कण्डिशनिङ् प्रविधिको प्रयोग गर्ने वाचा गरेको थियो । सो समयमा स्टेडियम जस्ता ठाउँहरूमा २३ डिग्री सेल्सियससम्म चिसो गरिने भनिएको थियो । यद्यपी यसपटक भने विश्वकप जाडोयाममा भएको छ । फिफाले २०१५ मा विश्वकप जाडोयाममा गर्ने फैसला गरेको छ । 

 


विश्वकपका लागि कतारमा ८ वटा स्टेडियम तयार गरिएको छ । यी सबै स्टेडियमहरू एकअर्काबाट करिब एक घण्टाको दूरीमा छन् र यिनको दुरी बढीमा ४३ माइलको रहेका छन् । 

८ स्टेडियमहरुको नामहरु यसप्रकार छन् ।  

लुसैल स्टेडियम (क्षमता ८० हजार )
अद बेत स्टेडियम ( क्षमता ६० हजार )
 स्टेडियम ९७४( क्षमता ४० हजार )
 खालिफं इन्टरनेशनल स्टेडियम ( ४५ हजार ४ सय १६ )
एजुकेशन सिटी स्टेडियम (क्षमता ४० हजार ) 
अल जनुब स्टेडियम (क्षमता ४० हजार )
अल थुमामा स्टेडियम ( क्षमता ४० हजार )
अहमद बिन अली स्टेडियम (क्षमता ४० हजार )

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३०
प्रतिक्रिया दिनुहोस्